Cookies on Plantwise Knowledge Bank

Like most websites we use cookies. This is to ensure that we give you the best experience possible.

 

Continuing to use www.plantwise.org/KnowledgeBank means you agree to our use of cookies. If you would like to, you can learn more about the cookies we use.

Plantwise Knowledge Bank

Your search results

Plantwise Factsheets for Farmers

तरकारी बालीमा लाग्ने मोज्याक भाईरस रोगहरु व्यवस्थापन

Nepal

समस्याको बारेमा जानकारी

तरकारी बालीमा लाग्ने बिभिन्न भाईरसहरु मध्ये मोज्याक भाईरसहरु पनि प्रमुख रोग हो । बिभिन्न तरकारी बालीहरुमा बिभिन्न प्रकारका मोज्याक भाईरस रोगहरु लाग्दछ । हरिया र पहेला छ्यास मिस भएको रंगको विकास भएका हुन्छन । केही महत्वपूर्ण मोज्याक भाईरसहरु र लाग्ने तरकारी बालीहरु तथा यिनका सार्ने माध्यमहरु:
  • काँक्रो मोज्याक भाईरसः काँक्रो समुहका, गोलभेंडा र खुर्सानी, सिमी समुहका बालीहरु र अन्य धेरैबालीहरु । सार्ने माध्यमः बीउ तथा लाही र केही सम्पर्क
  • जुकिनीको पहेंलो मोज्याक भाईरसः काँक्रो समुहका बालीहरु । सार्ने माध्यमः लाही र केही सम्पर्क
  • गोलभेंडाको मोज्याक भाईरस: गोलभेंडा, खुर्सानी बालीहरु । सार्ने माध्यमः बीउ र मानव
  • सलगमको मोज्याक भाईरस: काउली बाली समुह । सार्ने माध्यमः लाही
  • सिमीको पहेंलो मोज्याक भाईरसः सिमी बाली समुह । सार्ने माध्यमः लाही
  • भिण्डिको पहेंलो नशा मोज्याक भाईरसः भिण्डि । सार्ने माध्यमः सेतो झिंगा   

पृष्ठभूमि

भाईरसहरु कुनै बीउबाट, प्राय: चुस्ने कीरा (लाही, सेतो झिंगा, फड्के किरा), कुनै थ्रिप्स खपटे, तथा केही मानव र औजारको सम्पर्क आदि बाट सर्ने हुन्छ । धेरै भाईरसहरु बिभिन्न बाली र झारपातहरुमा आशय लिई रहेका हुन्छन । रोग लाग्न नदिनु नै यसको मुख्य व्यवस्थापन हो । एक पटक रोग लागे पछि व्यवस्थापन गर्न गाह्रो हुन्छ ।

व्यवस्थापन

  • पुरानो वोटका अवशेष, नाभो विरुवा तथा झारपातहरु हटाइ खेत सफा राख्ने ।
  • रोग अवरोधक वा सहन सक्ने बालीका जात लगाउने ।
  • स्वस्थ वीउ र बेर्नाहरुको प्रयोग गर्ने । औजारहरुलाई विसंक्रमित गर्ने ।
  • लाही आदी चुसाहाहरुबाट वचाउन नर्सरी ब्याडलाई जालीले छोपेर स्वस्थ बेर्ना उमार्ने ।
  • बालीमा सिफारिस अनुसारको सन्तुलित मलखाद प्रयोग गर्ने ।
  • भाईरस लागेका वोट उखेलेर गाड्ने/जलाउने ।
  • गाईको ताजा दुध २० एम एल प्रति लिटर पानीका दरले छर्ने ।
  • बालीको नियमित निरिक्षण गर्ने र भाईरस सार्ने लाही, सेतो झिंगा, फड्के कीरा र थ्रिप्सहरुको व्यवस्थापन गर्ने ।
    • प्लाष्टिकको छापोको प्रयोग गर्ने, पहेंलो स्टिकि ट्रयापको प्रयोग गर्ने ,गहुँत वा घरेलु वानस्पतिक बिषादीको नियमित प्रयोग गर्ने ।
    • जैविक बिषादी भर्टिसियम लेकानी १.१५% डब्लु पि ५ ग्राम प्रति लिटर पानीका दरले छर्ने वा निमजन्य बिषादी एजारेक्टिन १% इसी ३ ग्राम प्रति लिटर पानीका दरले छर्ने वा
    • रसायनिक बिषादी एसिटामिप्रिट २०% एस पि १ ग्राम ८ लिटर पानीका दरले  वा इमिडाक्लोप्रिड १७.८% एस एल १ एम एल ४ लिटर पानीका दरले छर्ने ।

The recommendations in this factsheet are relevant to: Nepal

लेखक: राजिबदास राजभण्डारी
केन्द्रीय कृषि प्रयोगशाला
सम्पर्क नं: ९७७९८४१२४३५६८ Email: rojit99@gmail.com
©CAB International. Published under a CC-BY-SA 4.0 licence.

Plantwise Factsheets Library app

Get all of the factsheets and pest management decision guides from this website in an offline format via the Plantwise Factsheets Library app.