Cookies on Plantwise Knowledge Bank

Like most websites we use cookies. This is to ensure that we give you the best experience possible.

 

Continuing to use www.plantwise.org/KnowledgeBank means you agree to our use of cookies. If you would like to, you can learn more about the cookies we use.

Plantwise Knowledge Bank

Your search results

Plantwise Factsheets for Farmers

आलुबाली समुहको पछौटे डढुवा रोग व्यवस्थापन

Phytophthora infestans
Nepal

समस्याको बारेमा जानकारी

यो रोग आलुबाली समुहको बालीहरुमा मख्यतया आलु र गोलभेंडा बालीमा लाग्दछ । विरुवाको विभिन्न भागहरुमा यो रोग लाग्दछ । शुरुमा पातमा खैरो कालो सानो दाग देखा पर्दछ । पछि रोग छिटै फैलिएर पात र डांठको ठुलो भाग ढाक्दछ । पछि गोलभेंडा बाली को फलमा वा आलुको दानामा पनि यस्को आक्रमण हुन्छ । यसले कहिले काही ८० प्रतिशत भन्दा बढी क्षती पुर्याउँदछ । भण्डारमा धेरै आलु कुहिन्छ । रोगको प्रकोप बढे पछि नियन्त्रण गर्न गाह्रो हुन्छ ।

पृष्ठभूमि

बढि तापक्रम, बादल लागेको वा हल्का पानी परेका र बढि आर्दता (हावाको ओसिलोपना) भएको वेला यसको प्रकोप तथा फैलने प्रकृया बढि हुन्छ । रोगी बीउ रोपेमा रोग छिटो देखा पर्दछ ।

व्यवस्थापन

  • पुरानो वोटका अवशेष, नाभो विरुवा तथा झारपातहरु हटाइ खेत सफा राख्ने ।
  • रोग अवरोधक वा सहन सक्ने जात जस्तै खुमल लक्ष्मी, जनकदेव, आइ पी वाई लगाउने
  • निरोगी तथा उचित तौल र आकारको (२५-४० ग्राम) बीउ छनौट गरी प्रयोग गर्ने ।
  • लगाउने समय, स्थान र मौसम अनुसार प्रकोप छल्नका लागि केहि छिटो वा ढिलो गर्ने ।
  • बालीमा सिफारिस अनुसारको सन्तुलित मलखाद प्रयोग गर्ने
  • पाकेको गोवरमल प्रति रोपनी १ मे.ट. मा २.५ के.जी ट्राइकोडर्मा जैविक ढुसीनाशक मिसाई प्रयोग गर्ने
  • बालीचक्रमा गोलभेडा, भण्टा, खुर्सानी बाहेकका बाली समावेश गर्ने ।
  • बालीको निरिक्षण नियमित गर्ने र रोग देख्ना साथ व्यवस्थापनका उपाय अपनाउने ।
  • विरुवा उम्रेको एक हप्तामा उकेरा लगाउदा रोग नियन्त्रण गर्न मद्दत गर्दछ ।
  • रोग देखिना साथ कपर अक्सीक्लोराइड ५०% डब्लु.पी. २.५ ग्राम वा म्यान्कोजेव ७५% डब्लु.पी. २.५ ग्राम वा क्लोरथालोनील ५०% डब्लु.पी. १.५ ग्राम प्रति लिटर पानीको दरले पातको दुवै तर्फपर्ने गरी छर्ने ।
  • मेटालेक्सील ८% +म्यान्कोजेव ६४५ डब्लु.पी. २.५ ग्राम वा डाइमेथोमर्फ ५०% डब्लु.पी १.५ ग्राम . वा  फेनामिडन १०% + म्यान्कोजेव ५०% डब्लु.पी २.५ ग्राम वा एजोक्सीट्रोबिन २३% एस.सी. १ एम. एल. प्रति लिटर पानीको दरले स्प्रे गर्ने ।

The recommendations in this factsheet are relevant to: Nepal

लेखक: नथुनी साहु
क्षेत्रीय वाली संरक्षण प्रयोगशला
Email: hariombapujee@gmail.com
©CAB International. Published under a CC-BY-SA 4.0 licence.

Plantwise Factsheets Library app

Get all of the factsheets and pest management decision guides from this website in an offline format via the Plantwise Factsheets Library app.